सहकारी ठगी प्रकरण : पूर्वडीआईजी छविलाल जोशी पक्राउ

नेपालभ्युज

सहकारी ठगी प्रकरण : पूर्वडीआईजी छविलाल जोशी पक्राउ

काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् ।

प्रहरीले आइतबार काठमाडौंबाट पक्राउ गरेको हो ।

गृहमन्त्री रमेश लेखकले आइतबार सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन दिएको केही समयमै जोशी पक्राउ परेका हुन् ।

उनी गोर्खा मिडियाका पूर्वसञ्चालकमध्ये एक हुन् । सहकारी छानबिन समितिले जोशीसहित गोर्खा मिडियाका कार्यकारी अध्यक्ष जीबी राई, सञ्चालक रवि लामिछानेलाई पनि  कारबाही गर्न सिफारिस गरेको थियो ।

साझेदार छवि पक्राउपछि रविलाई पनि पक्राउ गर्न प्रहरी परिचालन


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved