बालश्रम र यातनाको मुद्दामा सांसद शर्मालाई किन जोगाउँदैछ प्रहरी ? तीन महिनादेखि थन्कियो जाहेरी !
सांसद शर्माकै घरबाट १५ वर्षे बालिकाको उद्धार गरेर जेठ ३० गते बाल श्रम शोषण र यातनाको कसुरमा जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी दर्ता गरे पनि प्रहरीले प्रक्रिया अघि बढाउन आलटाल गरेको हो ।
काठमाडौं । एमालेको लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्माले एक बालिकालाई श्रम शोषण गरेको भन्दै झन्डै तीन महिनाअघि जाहेरी परेपनि कानुनी प्रक्रिया अघि बढ्न सकेको छैन ।
सांसद शर्माकै घरबाट १५ वर्षे बालिकाको उद्धार गरेर जेठ ३० गते बाल श्रम शोषण र यातनाको कसुरमा जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी दर्ता गरे पनि प्रहरीले प्रक्रिया अघि बढाउन आलटाल गरेको हो ।
शर्माविरुद्ध बालबालिकालाई दास बनाउने कसुर गरेको अभियोग फौजदारी मुद्दा चलाउन भन्दै महानगरले जाहेरी दिएको छ ।
यातना दिइएको, कुटपिट तथा बाल श्रम शोषण गरिएको उजुरीका आधारमा गत जेठ १४ मा सांसद शर्माकै घरबाट किशोरीको उद्धार गरिएको थियो ।
कक्षा ७ मा अध्ययनरत ती किशोरी आफूलाई सांसद शर्माले घरेलु कामदारका रूपमा राखेको, शर्माको घरमा खाना पकाउने, कपडा धुने, फूलबारी गोडमेल गर्ने, झाडु \ पोछा लगाउने काम गराउने गरेको र शर्माले आफूलाई हात र पाइपले कुट्ने गरेको खुलाएपछि उद्धार गरिएको थियो ।
महानगरको तर्फबाट बालकल्याण अधिकारी शान्ता पहाडीले ‘बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा २ (ङ) बमोजिमको कसुर र मुलुकी अपराध संहिता, २०७४ को दफा १६३ बमोजिमको कसुर र दास बनाएको कसुर गरेको अभियोग लगाउँदै त्यसैअनुसारको सजाय हुनुपर्ने मागदाबी गर्दै जाहेरी दिएकी हुन् ।
पीडित बालिका
यस विषयमा जिल्ला प्रहरी परिसर, काठमाडौंले भने कानुनसम्मत अनुसन्धानलाई अगाडि बढाइरहेको प्रतिक्रिया दिए पनि काम भने अघि बढाएको छैन ।
प्रवक्ता एसपी नवराज अधिकारीले प्रहरी नचुकेको र कानुनसम्मत अनुसन्धानलाई अगाडि बढाइरहेको बताउँछन् । उनी भन्छन्, ‘बालबालिकाको विषय संवेदनशील हो । तथ्यमा आधारित रहेर अनुसन्धान भइरहेको छ । ’
कतिपय प्रहरी अधिकारीहरू सांसद शर्मालाई पक्राउ गरी थप अनुसन्धानका लागि अदालतबाट अनुमति नपाएको बताउँछन् । तैपनि अनुसन्धान अगाडि बढिरहेको उनीहरु बताउँछन् ।
तर, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले भने सांसद शर्मालाई बचाउ गर्न एमाले र प्रहरी लागेको आरोप लगाउँदै आएका छन् । उनले सामाजिक सञ्जाल पोस्ट गर्दै कटाक्ष समेत गरेका थिए ।
यो विषयमा बालेन कटाक्ष गरेपछि एमाले कार्यकर्तासँग ‘भर्चुअल वार’ भइरहेको छ ।
जसको पृष्ठभूमिमा दुई मामिला छन्, जसमा सर्वोच्चको आदेश परमादेशसमेत जोडिएको छ । त्यसको कार्यान्वयनमा सत्तासीन दल एमालेले अवरोध गरेको आरोप महानगरको छ ।
सर्वोच्च र पाटन अदालतको फैसलापछि काठमाडौं महानगरपालिकाले गत भदौ ९ गते जिल्ला प्रहरी परिसर, काठमाडौंमा सांसद शर्मालाई अनुसन्धानको दायरामा ल्याउन भन्दै महानगरले पत्राचार गर्यो । तर महानगरले भने सर्वोच्च र पाटनबाट फैसला भएको धेरै समय बित्दा पनि प्रहरीले अनुसन्धानमा रुचि नदेखाएको आरोप लगाएको छ ।
किशोरीलाई शर्माले घरमा काम लगाएको, कुटपिट गरेको लगायत उजुरीपछि महानगरबाट खटिएको टोलीले उनलाई उद्धार गरेको हो । उद्धार गरिएपछि महानगरले किशोरीलाई संरक्षण गृहमा राखेको छ ।
सांसद शर्माले किशोरीलाई यातना दिएकोबारे घटना विवरण
०८१ वैशाखः बालिका पढ्ने विद्यालयमा विवरण संकलन ।
०८१ जेठ १४ः काठमाडौं महानगरद्वारा किशोरीको उद्धार ।
Facebook Comment
Comment