नेप्सेको ओरालो यात्रा जारी, कारोबार रकममा संकुचन

नेपालभ्युज

नेप्सेको ओरालो यात्रा जारी, कारोबार रकममा संकुचन

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक १२ दशमलव १० अंकले घटेर २७२७ दशमलव ३६ को विन्दुमा पुगेको छ ।

बिहीबार ३१६ कम्पनीको १ लाख १२ हजार ६ सय १२ पटकको कारोबारमा २ करोड १ लाख ५३ हजार ९ सय ९३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ९ अर्ब ६५ करोड १५ लाख १३ हजार २ सय ४६ रुपैयाँ रहेको छ ।

१०२ कम्पनीको सेयर मूल्य बढ्दा १३८ कम्पनीको घटेको छ भने ४ वटा स्थिर रहेको छ । आज आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने सर्वाधिक कारोबार गर्नेमा नेपाल फाइनान्स लिमिटेड रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved