काठमाडौं। अफ्रिका कप अफ नेशन्स अन्तर्गत आइतबार राति भएको खेलमा साबिक विजेता अल्जेरिया पराजित भएको छ। समूह ई अन्तर्गतको खेलमा अल्जेरिया इक्वेटोरियल गिनीसँग १–० ले पराजित भएको हो।
इक्वेटोरियल गिनीको जितमा ७० औँ मिनेटमा ओरोज्को फेर्नान्डेज ओबिएङ ओबोनोले गरेको गोल नै निर्णायक बन्यो। समूह चरणको पहिलो खेलमा बराबरी गरेको रियाद महरेज कप्तानीको अल्जेरिया दोस्रो खेलमा पराजित भएपछि एक अंकसहित समूहको पुछारमा छ।
क्यामरुनमा जारी प्रतियोगितामा अन्तिम १६ मा पुग्ने सम्भावना जीवित राख्नका लागि समूह चरणको आफ्नो अन्तिम खेलमा अल्जेरियाले आइभरी कोस्टलाई पराजित गर्नु पर्ने हुन्छ।
आइतबार रातिनै भएको खेलमा सिएरालियोनसँग २–२ को बराबरी खेलेको आइभरीकोस्ट चार अंकसहित समूहको शीर्ष स्थानमा छ। तीन अंकसहित इक्वेटोरियल गिनी दोस्रो तथा दुई अंक भएको सिएरा लियोन तेस्रो स्थानमा छ ।
Facebook Comment
Comment