श्रीकृष्ण जन्माष्टमी: देशभरका कृष्ण मन्दिरमा श्रद्धालुको भिड (तस्वीरहरु)

श्रीकृष्ण जन्माष्टमी: देशभरका कृष्ण मन्दिरमा श्रद्धालुको भिड (तस्वीरहरु)

काठमाडौं । आज भाद्र कृष्ण अष्टमी, हिन्दु धर्मावलम्बीहरूले देशभर भगवान् श्रीकृष्णको भक्ति, उपासना, पूजा-अर्चना गर्दै ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मनाउँदै छन्।

हिन्दु धर्मशास्त्र अनुसार ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापर युगमा आजकै दिन अर्थात् भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको मानिन्छ।

त्यसैले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । हिन्दु धर्मशास्त्रमा प्रमुख चार रात्रिहरू छन् । कालरात्रि (दसैँको अष्टमीको रात्रि), मोहरात्री (कृष्ण जन्माष्टमीको रात्रि), महाशिवरात्रि (शिवरात्री) र दारुणरात्रि (होली पूर्णिमाको रात्रि)।

श्रीकृष्णले कुरुक्षेत्रमा भएको महाभारतको लडाइँमा पाँच पाण्डवहरू मध्येका अर्जुनलाई दिव्य उपदेश दिएका थिए। त्यही उपदेसलाई श्रीमद्भागवत गीता भनिन्छ र हिन्दुहरू यसलाई आफ्नो पवित्र ग्रन्थ मान्दछन्।

हिन्दु धर्ममा भगवान् श्रीकृष्णलाई विष्णुको आठौँ अवतार मानिन्छ। धर्मशास्त्रका अनुसार, भगवान् श्रीकृष्णले धर्मको पुनर्स्थापना र अधर्मको नाश गर्न, साथै संसारलाई अधर्म र अत्याचारबाट मुक्ति दिनका लागि अवतार धारण गरेका थिए।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए।

श्रीकृष्ण जन्माष्टमीमा ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिरमा बिहानैदेखि श्रद्धालुको भिड लागेको छ।

तस्वीरहरू: –


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved