रामेछाप पहिरो : ६ जनाको शव भेटियो, केहीको खोजी जारी

नेपालभ्युज

रामेछाप पहिरो : ६ जनाको शव भेटियो, केहीको खोजी जारी

रामेछाप । रामेछापको शैलुङ्ग गाउँपालिका वडा नम्बर ३ लेखर्क पहरीगाउँमा शनिबार राति गएको पहिरोमा पुरिएका ६ जनाको शव फेला परेको छ ।

मृत्यु भएकामध्ये दुई जनाको मात्रै सनाखत भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए । सनाखत हुनेमा ३० वर्षकी चण्डिका श्रेष्ठ र उनका १८ महिनाका शिशु आनुष श्रेष्ठ छन्

पहिरोले ४ वटा घर बगाउँदा ११ जना बेपत्ता भएका थिए । अन्यको खोजी जारी छ ।

रातिको भीषण वर्षापछि आएको पहिरोले अँधेरीखोलाको पुल पनि बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । पहिरोले वडा नम्बर २ र ३ जोड्ने ढाईगाउँ खोलाको पुल बगाएको हो ।

पहिरो गएको गाउँमा जाने बाटोसमेत वर्षाले क्षतिग्रस्त बनाएका कारण उद्धारमा समस्या देखिएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved