पोखरामा रोकिराखेको ट्याक्सीमाथि झर्‍यो बस

नेपालभ्युज

पोखरामा रोकिराखेको ट्याक्सीमाथि झर्‍यो बस

कास्की । पोखरा महानगरपालिका–१७ मा स्कूल बस दुर्घटनामा परेको छ ।

शुक्रबार दिउँसो न्यू मोडेल सेकेन्डरी स्कूलको बस आँखा अस्पताल चोकस्थित घारिपाटन भन्ने ठाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सडकबाट तल खसेर रोकिराखेको ट्याक्सीमाथि बस झरेको थियो ।

उक्त बसमा लगभग २५ जना विद्यार्थी सवार थिए । उनीहरु सबै सकुशल रहेको तर, चालक सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved