मुस्ताङमा हिमपहिरो, बोक्से खोला थुनियो

नेपालभ्युज

मुस्ताङमा हिमपहिरो, बोक्से खोला थुनियो

काठमाडौं । मुस्ताङको थसाङ गाउँपालिकामा हिमपहिरो खसेको छ ।

थसाङ–२ कोवाङमाथि धौलागिरी आइसफल नजिकै हिमपहिरो खसेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

शुक्रबार दिउँसो खसेको हिमपहिरोले बोक्से खोला थुनिएको छ ।

बोक्से खोला थुनिएपछि प्रहरीको टोली निरीक्षणमा पुग्दा हिमपहिरो खसेको पाइएको हो ।

बोक्से म्याग्दीबाट जोमसोम नपुग्दै वरै पर्छ। खोलाको तटीय क्षेत्रमा ९ घरहरू रहेको उनीहरूलाई सुरक्षित स्थानमा जान भनिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved