सामान्य करेक्सनपछि उकालो लाग्यो सेयर बजार

नेपालभ्युज

सामान्य करेक्सनपछि उकालो लाग्यो सेयर बजार
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । आज नेप्से परिसूचक ३४ दशमलव २९ अंकले बढेर २९५७ दशमलव ७५ को विन्दुमा पुगेको छ ।

बुधबार ३३२ कम्पनीका २ लाख ४४ हजार १९ पटकको कारोबारमा ५ करोड १२ लाख ३० हजार ३ सय ४० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम २३ अर्ब ४३ करोड ५ लाख ८१ हजार १ सय ५० रुपैयाँ रहेको छ ।

आज १३ उपसमूहमध्ये ३ वटा घट्दा १० वटा बढेको छ । सबैभन्दा धेरै बढ्नेमा फाइनान्स कम्पनीहरु रहेका छन् । सेन्सेटिभ इन्डेक्स ८ दशमलव ३४ अंकले बढेको छ भने फ्लोट इन्डेक्स २ दशमलव ५७ अंकले बढेको छ । आज ९ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनी हिमालयन रिइन्स्योरेन्स रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved