काठमाडौं । सरकारले २१ जना सचिवहरुको एकैपटक सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको सरुवा गर्ने निर्णय गरेको हो ।
स्रोतका अनुसार अर्थ सचिवमा हालका राजस्व सचिव रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरिएको छ । अर्थसचिव रहेका मधुकमार मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको बताइएको छ ।
हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य सचिव रहेका दिनेशकुमार घिमिरेलाई राजस्वको जिम्मेवारी दिइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवमा हाल जल तथा ऊर्जा आयोगमा रहेका केशवकुमार शर्मालाई फर्काइएको छ ।
यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई ऊर्जामा ल्याइएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको छ भने अख्तियारका रामेश्वर दंगाललाई रक्षा मन्त्रालयमा तानिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मुकुन्दप्रसाद निरौलाले श्रम मन्त्रालयको जिम्वेवारी पाएका छन् ।
Facebook Comment
Comment