गोरखामा पहिरो खस्दा एकै परिवारका तीनसहित पाँचजना बेपत्ता

हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी

नेपालभ्युज

गोरखामा पहिरो खस्दा एकै परिवारका तीनसहित पाँचजना बेपत्ता

काठमाडौं । गोरखाको उत्तरी गाउँपालिका धार्चेको रेसेफाँटमा पहिरो खस्दा एकै परिवारका तीन जनासहित पाँच जना बेपत्ता भएका छन् ।

बिहान तीन बजेतिर स्थानीय जीतबहादुर गुरुङको कृषि फर्म र एउटा घर पहिरोले बगाएको हो ।

पहिरोमा पुरिएर जीतबहादुरसहित उनकी श्रीमती ३५ वर्षिया कान्छी माया, उनका बुबा ६० वर्षीय सुलाल कान्छा, ३३ वर्षीय रमेश गुरुङ र ठेगाना नखुलेका ३४ वर्षीय रमेश परियार वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

एकै घरपरिवारका तीन जना र बाँकी दुई जना फर्ममा काम गर्ने व्यक्ति बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीय मिलेर उनीहरुको खोजी कार्य भइरहको छ ।

पहिरोमा पुरिएका अन्य दुई जनालाई भने घाइते अवस्थामा उद्दार गरिएको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

३५ वर्षीय दिलिप गुरुङ र २७ वर्षीय थमबहादुर गुरुङलाई घाइते अवस्थामा उद्दार गरिएको हो ।

उनीहरुलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको श्रेष्ठले बताए ।

उद्दारका लागि थप सुरक्षाटोलि घटनास्थलतर्फ पठाइएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved