डुम्रे बेँसीसहर सडक खण्ड अवरुद्ध, पहिरो खस्ने क्रम जारी

नेपालभ्युज

डुम्रे बेँसीसहर सडक खण्ड अवरुद्ध, पहिरो खस्ने क्रम जारी
फाइल तस्वीर

काठमाडौं । पहिरो खसेपछि डुम्रे–बेँसीसहर–चामे सडकखण्ड अवरुद्ध भएको छ ।

शनिबार रातिदेखि परेको अविरल वर्षाका कारणसडकका विभिन्न ठाउँमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

तनहुँतर्फ बेंसीसहर नगरपालिका–१ दलाल र मनाङतर्फ सोही पालिका–६ खरखरे भिरमा पहिरो खसेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

खरखरे भिरमा ठूला–ढुङ्गासहितको पहिरो खसेको छ ।

सडकका विभिन्न भागमा अहिले पनि पहिरो खस्ने क्रम रोकिएको छैन । सडक अवरुद्ध हुँदा बेँसीसहरबाट मनाङ जाने तथा तनहुँ हुँदै काठमाडौँ, पोखरा, चितवनलगायत स्थान प्रस्थान गर्ने सवारीसाधन चल्न सकेका छैनन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved