पूर्वराज्यमन्त्री रायको हत्या अनुसन्धान जारी : तीनजनाले हत्या गरेको प्रारम्भिक आकलन

नेपालभ्युज

पूर्वराज्यमन्त्री रायको हत्या अनुसन्धान जारी : तीनजनाले हत्या गरेको प्रारम्भिक आकलन

काठमाडौं । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्याको अनुसन्धानका क्रममा सोधपुछका लागि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

राज्यमन्त्री रायको आइतबार मध्यराति सर्लाहीको चन्द्रनगरस्थित निजी निवासमा हत्या भएको थियो ।

मन्त्री रायको खेती घरमा काम गर्ने भान्छेलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो । उनी लामोसमयदेखि रायको घरमा काम गर्दै आएका थिए ।

प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएका उनी पनि सोही घरमा राति सुतेका थिए । उनैले राति नै झाको हत्या भएकोबारे आफन्तलाई जानकारी गराएका थिए ।

तीनजनाको संख्यामा आएका अपरिचित व्यक्तिले रायकाे हत्या गरेको उनले प्रारम्भिक  बयान दिएका छन् ।

राय केही दिनअघि मात्रै त्यहाँ पुगेका थिए । चन्द्रनगरमा उनको खेती छ । वर्षेनी धान रोपाउने बेलामा राय आफै जाने गरेका थिए ।

रायका पत्नी र छोरा-बुहारी काठमाडौंमा बस्ने स्थानीयले बताएका छन् । राय करिब ३० वर्षअघि राप्रपाबाट तत्कालिन सरकारको भूमिव्यवस्था राज्यमन्त्री भएका थिए ।

हत्यामा कसको संलग्नता छ भन्नेबारे खुलिसकेको छैन । प्रहरीले  घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।

मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेल र एसपी रवीन्द्रबहादुर सिंहसहितको टोली घटनास्थल पुगेको छ । रायको शव पोस्टमार्टमका लागि मलंगवा अस्पताल लगिएको छ ।

यो पनि पढ्नुहोस् :

पूर्वराज्यमन्त्री रायको हत्या, घटना शंकास्पद


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved