पूर्वराज्यमन्त्री रायको हत्या, घटना शंकास्पद

नेपालभ्युज

पूर्वराज्यमन्त्री रायको हत्या, घटना शंकास्पद

काठमाडौं । राप्रपा केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ ।

सर्लाहीको चन्द्रपुर गाउँपालिका-१ रतनपुरस्थित घरको कोठाभित्र ८० वर्षीय रायको गएराति हत्या भएको हो।

निवासमै रायको आइतबार राति हत्या भएको मधेस प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक सुवाचन्द्र बोहराले पुष्टि गरेका छन् ।

घटनास्थल पुगेको प्रहरीले उनलाई कोठाभित्र मृत अवस्थामा भेटाएको थियो।

बोहराका अनुसार उनको राति १ बजे धारिलो हतियार प्रहार गरी घरमै हत्या भएको बताइएको छ ।

प्रहरीले मुचुल्का उठाएर शवलाई मलंगवा अस्पताल पठाएको छ । प्रहरीले अहिले घटनास्थलमा थप अनुसन्धान गरिरहेको छ ।

पूर्वराज्यमन्त्री राय आइतबार मात्रै रतनपुर गएका थिए । उनी परिवारसहित मलंगवा बस्छन्। रतनपुरमा उनको खेतिपाति  छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved