काठमाडौं । एनसेलका खुद्रा बिक्रेता नगेन्द्रले जीते डिस्कभर बाइक जितेका छन् ।
एनसेलले आफ्ना खुद्रा बिक्रेता र साना पसल गर्ने व्यवसायीहरूलाई प्रोत्साहन तथा सहयोग गर्ने उद्देश्यले संचालन गरेको ‘बिक्रीमा बहार, बिक्रेतालाई उपहार’ योजना अन्तर्गत झापाको झापा गाउँपालिका ५, पन्थपाडामा शिव बाबा किराना संचालन गर्दै आएका नगेन्द्र प्रसाद गणेशले बजाज डिस्कभर बाइक जितेका हुन् ।
कम्पनीले आफ्नो च्यानल इकोसिस्टमको प्रत्येक तहलाई सशक्त बनाउने प्रतिबद्धता अनुरूप देशभरका खुद्रा विक्रेताहरूलाई प्रोत्साहन र पुरस्कृत गर्ने उदेश्यकासाथ यो कार्यक्रम लागू गरेको थियो ।
बिहीबार बिर्तामोडमा आयोजित एक कार्यक्रम माझ कोशी प्रदेशका लागि एनसेलका प्रादेशिक व्यापार प्रबन्धक अम्बर भट्टाचार्यले नगेन्द्र प्रसाद गणेशलाई १२५ सीसीको उक्त बजाज डिस्कभर मोटरसाइकल हस्तान्तरण गरेका थिए ।
यस कार्यक्रममा सहभागी भएका खुद्रा विक्रेताहरूले सिम कार्ड र प्याकहरूको बिक्री बापत निश्चित प्वाइन्ट आर्जन गर्ने अवसर पाएका थिए । यसरी आर्जन गरिएको प्वाइन्टहरुको आधारमा उनीहरूले ६५ ईन्च सम्मका स्मार्ट टिभी, स्मार्टफोन, स्मार्टवाच, पावर बैंक र ब्लुटुथ स्पिकरहरू उपहार पाएका छन् ।
बम्पर उपहारका रूपमा मोटरसाइकल पाउन आर्जन गरेको प्वाइन्टको आधारमा कुल ४,७५४ खुद्रा बिक्रेताहरू मोटरसाइकलका लागि योग्य थिए र विजेता नगेन्द्र गोला प्रथामार्फत छानिएका हुन् । यस कार्यक्रम अन्तर्गत, देशभर सातै प्रदेशबाट १,१०० जना खुद्रा विक्रेताहरूले विभिन्न उपहार पाउन सफल भएका छन् ।
Facebook Comment
Comment