गोरखामा बाढीले पुल बगायो, बेनिघाट – आरुघाट सडकखण्डमा यातायात अवरुद्ध

नेपालभ्युज

गोरखामा बाढीले पुल बगायो, बेनिघाट – आरुघाट सडकखण्डमा यातायात अवरुद्ध

काठमाडौं । ज्यादुल खोलामा आएको बाढीले डाइभर्सन पुल बगाएपछि गोर्खाको बेनिघाट–आरुघाट सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

पुल बगाएपछि भीमसेन थापा गाउँपालिका–७ र शहीद लखन गाउँपालिका–९ को यातायात सम्पर्कबिच्छेद भएको छ ।

गत वर्ष मात्रै निर्माण भएको डाइभर्सन पुल एक वर्ष नहुँदै बाढीले बगाएको हो ।

बाढीले पुलको दायाँबायाँ निर्माण गरिएको वाल समेत बगाएको छ ।

बेनिघाट–आरुघाट सडकखण्डमा अहिले यातायात पूर्णरूपमा ठप्प भएको छ ।

पुल बगाउँदा सिमलटार, पिपलटार महादेवटारलगायत तल्लो क्षेत्र हुँदै गोरखा सदरमुकामसम्म आवतजावत गर्न अप्ठ्यारो भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved