प्रधानमन्त्रीका अङ्गरक्षकले सधैँ बोक्ने ब्रिफकेसभित्र के छ ?

प्रधानमन्त्रीको सुरक्षामा ब्रिफकेशसहितका सुरक्षाकर्मी, कसरी दिइन्छ सुरक्षा ?

सार्वजनिक कार्यक्रममा जाँदा होस् वा कतै यात्राको क्रममा ‘ब्रिफकेश’ बोक्ने मानिस सधैँ सँगै भएको देखिन्छ । त्यो ‘ब्रिफकेश’भित्र के हुन्छ ? किन बोकिएको होला भन्ने धेरैलाई लाग्नसक्छ । आउनुहोस् जानौँ, के हो त्यो ‘ब्रिफकेश’ ?

प्रधानमन्त्रीका अङ्गरक्षकले सधैँ बोक्ने ब्रिफकेसभित्र के छ ?

काठमाडौं । प्रधानमन्त्रीको सुरक्षामा मुलुकका चार सुरक्षा निकायबाट दुई सय बढी सुरक्षा अधिकारी खटिन्छन् । जो सुकै प्रधानमन्त्री भए पनि उनी सवार रहने हरेक ठाउँमा सुरक्षार्थ धेरै ठुलो सङ्ख्यामा सुरक्षाकर्मी खटाइन्छ ।

आवश्यकता हेरेर कतै धेरै र कतै थोरै सुरक्षाकर्मी हुनेगर्छन् । तर, उनको सुरक्षामा धेरै सुरक्षाकर्मी भए पनि वा ज्यादै थोरै सुरक्षाकर्मी भए पनि एकजना भने ‘ब्रिफकेश’ बोकेर सँगै हिँडिरहेका हुन्छन् ।

सार्वजनिक कार्यक्रममा जाँदा होस् वा कतै यात्राको क्रममा ‘ब्रिफकेश’ बोक्ने मानिस सधैँ सँगै भएको देखिन्छ । त्यो ‘ब्रिफकेश’भित्र के हुन्छ ? किन बोकिएको होला भन्ने धेरैलाई लाग्नसक्छ । आउनुहोस् जानौँ, के हो त्यो ‘ब्रिफकेश’ ?

प्रधानमन्त्रीको सुरक्षामा रहने चार सुरक्षा संयन्त्रमध्ये पहिलो घेरामा सेनाले प्रधानमन्त्रीको सुरक्षा नेतृत्व गर्छ । त्यसपछि क्रमशः नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट टोली खटिन्छन् । प्रधानमन्त्रीसँगै रहेर ‘ब्रिफकेश’ बोक्ने सेनाकै अधिकारी हुन्छन् । जसलाई प्रधानमन्त्रीको अङ्गरक्षक भनिन्छ ।

तर, त्यो ‘ब्रिफकेश’ जस्तो देखिने बस्तुको नाम वास्तवमा ‘पोर्टेबल बुलेट फ्रुफ शिल्ड’ हो । जुन सामान राख्ने बक्स नभई चार पटक ‘फोल्ड’ गर्न मिल्ने गोली रोक्ने क्षमताको बस्तु हो । जुन आक्रमणको अवस्थामा खोल्न सकिन्छ ।

यदि, कतैबाट प्रधानमन्त्रीलाई गोली प्रहार भइहालेमा यसले ढालको काम गर्छ । आक्रमण हुनासाथ अङ्गरक्षकले हातमा झुन्डाइरहेको ह्याण्डलमा स्विच दबाउँछन् । त्यो आफैँ खुल्छ र चारपटक फोल्ड भएर लामो हुन्छ । यो ‘पोर्टेबल बुलेट फ्रुफ शिल्ड’ले प्रधानमन्त्रीको सम्पूर्ण शरीर ढाकिदिन्छन् । र प्रधानमन्त्रीलाई तत्काल र अस्थायी सुरक्षा दिन्छन् । यसले सानादेखि ठुला हतियारबाट निस्कने गोली रोक्न सक्छ ।

सुरक्षाकर्मीहरूलाई खतराको सामना गर्न सघाउँछ । नेपालका प्रधानमन्त्रीलाई आक्रमण हुने खालको असुरक्षा त छैन तैपनि सुरक्षा प्रोटोकल अनुसार यो अनिवार्य बोकिन्छ ।

यो ‘पोर्टेबल बुलेट फ्रुफ शिल्ड’ प्रयोग गर्ने नेपालका प्रधानमन्त्री एक्लो होइनन् । भारतका प्रधानमन्त्रीसँगै पनि सुरक्षाकर्मीले लिएर हिँडेका हुन्छन् । त्यहाँ प्रधानमन्त्रीको सुरक्षाको जिम्मेवारी ‘स्पेशल प्रोटेक्सन ग्रुप’ नामको एसपीजी (स्पेशल प्रोटेक्शन फोर्स) सङ्गठन छ । धेरै देशमा भीभीआइपीको सुरक्षामा लागि यो प्रयोग गरिन्छ ।

के हुनसक्छ प्रधानमन्त्रीलाई चुनौती ?

अहिले प्रधानमन्त्रीमा केपी शर्मा ओली आएपछि उनको सुरक्षामा अघिल्ला प्रधानमन्त्रीकै सुरक्षा टोली खटिएका छन् । केही सदस्य हेरफेर भए पनि अधिकांश उही हुन्छन् । प्रधानमन्त्री आलीको सुरक्षामा ब्रिफकेशसहितका सुरक्षाकर्मी खटिएका छन् ।

नेपाल विश्वमा खासै प्रभाव राख्न सक्ने देश नभएको र आन्तरिक रुपमा द्वन्द्व र गृहयुद्ध नभएका कारण प्रधानमन्त्रीलाई कतैबाट खतरा देखिँदैन ।

राष्ट्रिय अनुसन्धान विभागका एक उच्च अधिकृत पनि हाल प्रधानमन्त्रीलाई भौतिक चुनौतीको सम्भावना नरहेको बताउँछन् ।

बरु कतै सार्वजनिक समारोहमा जाँदा अन्य पार्टीका कार्यकर्ताबाट कालो झन्डा देखाउने काम भने भइरहन्छन् । त्यो पनि आक्रमण नभई विरोध स्वरूप हुने प्रदर्शन हो । यसअघि कतिपय प्रधानमन्त्रीलाई चप्पल हान्ने र थप्पड हान्ने जस्ता घटना भएका थिए । यी सामान्य खाले चुनौतीबाहेक अरू चुनौती नदेखिने सुरक्षा निकायका अधिकारीहरू बताउँछन् ।

सुरक्षा चुनौती विश्लेषण गर्दा इन्टलिजेन्सले त्यसलाई पुष्टि गर्दै त्यसको विश्लेषणका आधारमा सुरक्षा नीति अख्तियार गर्ने गर्छ । सोही अनुसार धेरै वा थोरै सङ्ख्यामा सुरक्षाकर्मी खटाइन्छ । चुनौती बढी भएको अवस्थामा विशिष्ट व्यक्तिहरूको सुरक्षा कार्यविधिभन्दा बाहिर गएर पनि थप सुरक्षा दिइन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved