कांग्रेसबाट संस्थापन पक्षका ६ जना मन्त्रीको नाम टुंगो लाग्यो, इतर समूह अझै छलफलमा

नेपालभ्युज

कांग्रेसबाट संस्थापन पक्षका ६ जना मन्त्रीको नाम टुंगो लाग्यो, इतर समूह अझै छलफलमा

काठमाडौं । प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसले सरकारमा सहभागी हुने ६ जनाको नाम टुंगो लगाएको छ ।

सभापति शेरबहादुर देउवाले आफ्नो पक्षका ६ मन्त्रीको नाम फाइनल गरेका हुन् ।

देउवा पक्षबाट प्रकाशमान सिंहले शहरी विकास मन्त्रालयसहित सरकारमा कांग्रेसको नेतृत्व गर्नेछन् । रमेश लेखकले गृह पाउने निश्चित भएको छ । आरजु देउवाले परराष्ट्र मन्त्रालयको जिम्मा पाउने भएकी छन् भने अजय चौरसियालाई कानून, न्याय तथा संसदीय मामिला मन्त्री बनाइने भएको छ ।

दीपक खड्काले ऊर्जा तथा सिंचाई मन्त्रालय पाउने तय भएको छ । ऐनबहादुर शाहीलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।
देउवाले संस्थापन इतर समूहसँग ३ जनाको नाम मागेका छन् । संस्थापन इतरका डा. शेखर कोइराला पक्षले भने ४ मन्त्रालय पाउनु पर्ने दाबी गरेपछि कांग्रेसबाट मन्त्री बन्नेको अन्तिम नामावली तयार हुन सकेको छैन ।

इतर पक्षबाट मन्त्री बन्नेको सूचीमा तेजुलाल चौधरीको नाममा सहमति जुटेपनि जीवन परियार, प्रदीप पौडेल, हृदयराम थानी र रामनाथ अधिकारीका नाममा टुंगो लाग्न बाँकी रहेको एक नेताले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहण गरेलगत्तै मन्त्रिपरिषद् विस्तारको तयारी गरे पनि कांग्रेसले आफ्नो भागमा परेका सबै मन्त्रीको नाममा सहमति जुटाउन सकेको छैन ।

नेकपा एमालेले भने सरकारमा जाने मन्त्रीको नाम लगभग टुंगो लगाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved