फेसबुकमा साथी बनाएर कोठामा बोलाइ ‘सहवास’, भिडिओ रेकर्ड गरी १ करोड माग्दा पक्राउ

नेपालभ्युज

फेसबुकमा साथी बनाएर कोठामा बोलाइ ‘सहवास’, भिडिओ रेकर्ड गरी १ करोड माग्दा पक्राउ

काठमाडौं । हनी ट्रयापमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । युवती प्रयोग गरेर १ करोडको बार्गेनिङ गरेको आरोपमा २ जना पक्राउ परेका हुन् ।

आपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध तवरले सामाजिक सञ्जालमार्फत् पुरुषसँग सम्पर्क बढाउने र त्यसपछि बार्गेनिङ गरेर रकम असुल्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पीडितले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा दिएको उजुरीका आधारमा सिन्धुपाल्चोकका तेन्जी डोमा छिरिङ भनिने सिर्जना तामाङ र सौरभ तामाङ भन्ने लिला बहादुर तामाङलाई राजधानीको बौद्धबाट पक्राउ गरेको हो ।

प्रहरी अनुसन्धानका क्रममा फेसबुक मेसेन्जरबाट सिर्जना तामाङले पीडितसँग कुरा गरी भेट्नलाई आफ्नो कोठामा बोलाएको खुलेको छ ।
यस्तै पीडित कोठामा आउन मन्जुर भएपछि अर्का साथी लिला बहादुर तामाङले पीडितसँगको भिडिओ बनाउने प्रयोजनको लागि सिर्जनालाई आफ्नो मोबाइल दिएका थिए ।

त्यसपछि लिला बहादुरले दिएको मोबाइलबाट सिर्जनाले आफ्नो र पीडितको अश्लील भिडिओ बनाइन् । त्यसपछि भिडिओ सिर्जना र सौरभले पीडितलाई पठाएर १ करोडको बार्गेनिङ गरेका थिए । पछि १५ लाखमा कुरा मिलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । आफू यसरी ठगिएपछि पीडित प्रहरीमा पुगेपछि पीडकहरु पक्राउ परेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved