किशोरीलाई जर्बजस्ती यौनजन्य कार्यमा लगाउने गेस्टहाउस सञ्चालक पक्राउ

नेपालभ्युज

किशोरीलाई जर्बजस्ती यौनजन्य कार्यमा लगाउने गेस्टहाउस सञ्चालक पक्राउ

काठमाडौं । नाबालिका किशोरीहरूलाई जर्बजस्ती यौनजन्य कार्यमा लगाउने दुई गेस्टहाउस सञ्चालक पक्राउ परेका छन् ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले सिन्धुलीका ३३ वर्षीय वीरबहादुर सिंतान र २५ वर्षीय सुबिला सिंतानलाई पक्राउ गरेको हो ।

उनीहरूले आर्थिक अवस्था नाजुक भएका बालिकालाई राम्रो आम्दानी हुने, वेटरको काममा लगाइदिने आश्वासन दिएर भक्तपुरको जडीबुटीमा सिन्धुली होटल ढिडो सर्भिस एन्ड गेस्टहाउसमा काम दिन्थे ।

उनीहरूले बालिकालाई गेस्टहाउसमा आएका ग्राहकसँग बसेर खान लगाएर धेरै बिल उठाउने काममा लगाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

साथै, गेस्टहाउसमा आएका व्यक्तिहरूबाट प्रतिव्यक्ति एक हजारदेखि पाँच हजार रूपैयाँसम्म लिएर बालिकाहरूलाई यौनजन्य कार्यमा लगाउने गरेका थिए ।

बालिकालाई यौनजन्य कार्यमा लगाउने गरेको गोप्य सूचनाका आधारमा ब्युरोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

अभियुक्तहरूलाई थप अनुसन्धानमा लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved