विपद्‌बाट भएको क्षति विवरण संसद्‌लाई जानकारी गराउन प्रमुख सचेतक लेखकको माग

नेपालभ्युज

विपद्‌बाट भएको क्षति विवरण संसद्‌लाई जानकारी गराउन प्रमुख सचेतक लेखकको माग

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अविरल वर्षाको कारण भएको क्षतिको विवरण संसद्‌मा जानकारी गराउन सरकारसँग माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक लेखकले सरकारले संसद्‌मा आएर देशभरमा अविरल वर्षाका कारण भएको क्षतिको विवरण प्रस्तुत गर्न माग गरेका हुन् ।

वर्षाले देशभर धेरै क्षति पुर्‍याइसकेको भएपनि हालसम्म सरकारले संसद्लाई जानकारी नगराउनु दुःखको विषय भएको उनको भनाइ छ ।

साथै, उनले संसद् बैठकमा प्रधानमन्त्री तथा मन्त्रीहरु उत्तरदायी नभएका भन्दै सरकारमा रहुन्जेल संसद बैठकमा उपस्थित हुनुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved