कांग्रेसको पदाधिकारी बैठक बस्दै, एमालेसँग भएको समझदारीलाई अनुमोदन गर्ने

नेपालभ्युज

कांग्रेसको पदाधिकारी बैठक बस्दै, एमालेसँग भएको समझदारीलाई अनुमोदन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै छ ।

बैठक बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवासमा बोलाइएको छ ।

नेकपा एमालेसँग भएको पछिल्लो सहमति र आगामी रणनीतिका विषयमा जानकारी गराउन देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

एमालेसँग भएको सहमतिलाई अनुमोदन गराउन देउवाले पार्टी भित्र छलफल गर्न लागेका हुन् ।

संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारसहित अर्थतन्त्र सुधारमा काम गर्ने प्रतिवद्धतासहित एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति देउवाबीच गएराति सहमति भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved