गृहमन्त्रीले प्रहरीको चेन अफ कमाण्डलाई ब्रेक गर्ने गम्भीर गल्ती गरे : अर्जुननरसिंह केसी

नेपालभ्युज

गृहमन्त्रीले प्रहरीको चेन अफ कमाण्डलाई ब्रेक गर्ने गम्भीर गल्ती गरे : अर्जुननरसिंह केसी
फाइल तस्वीर

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सांसद एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीमा जथाभावी सरूवा आतंक फैल्याएको भन्दै आपत्ति जनाए ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् ।

सांसद केसीले प्रहरी ऐन विपरित प्रहरीहरूको जथाभावी सरूवा किन गर्नुपर्‍यो ? भनि गृहमन्त्री लामिछानेलाई प्रश्न पनि गरे ।

गृह मन्त्रालयको सय दिनमा लामिछानेले सुरक्षा अंगहरूको चेन अफ कमाण्ड नै ब्रेक गर्ने खालको काम गरेको र सुरक्षा निकाय प्रमुखलाई निरिह बनाउने काम गरेको भन्दै आक्रोश व्यक्त गरे ।

यस्तै, गृहमन्त्रीले सय दिनमा १७ पटक प्रहरी र ६६ जना सिडियोहरूलाई परिवर्तन गरेर सरूवा आतंक फैलाएको उनको आरोप छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved