भोटेओडारमा दिनदाहडै खुकुरी प्रहार, घाइते मध्ये एकको अवस्था गम्भीर

नेपालभ्युज

काठमाडौं । लमजुङको सुन्दरबजार नगरपालिका-९, भोटेओडारमा  दिनदाहडै खुकुरी प्रहार भएको छ । सोमबार दिउँसो भएको खुकुरी प्रहारबाट २ जना घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको बताइएको  छ ।

इलाका प्रहरी कार्यालय लमजुङका अनुसार दूधपोखरी गाउँपालिका-६, ओखरीका ४४ वर्षीय लिला गुरुङ गम्भीर घाइते भएका छन् । यस्तै दोर्दी गाउँपालिका-४, नौथरका ४० वर्षीय मंगलराज गुरुङ सामान्य घाइते भएका छन् ।

टाउकोको अगाडिको भागमा गम्भीर चोट लागेका लिलालाई  चितवन मेडिकल कलेज भरतपुर लगिएको छ भने मंगल भने उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न सुन्दरबजार नगरपालिका-९, बालुने टोलका आकाश भन्ने ३० वर्षीय केशव घले, दोर्दी गाउँपालिका-५, पाचोकका ३६ वर्षीय भीमसेन गुरुङ, दोर्दी गाउँपालिका-६, ताँजेका ३१ वर्षीय पूर्णबहादुर तामाङ र दोर्दी गाउँपालिका ७, लप्सीबोटका ३८ वर्षीय प्रवीण गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved