सेवा-झोर्ले बजारमा (भिडिओसहित)

नेपालभ्युज

सेवा-झोर्ले बजारमा (भिडिओसहित)

काठमाडौं । सेवा-झोर्ले गीत सार्वजनिक भएको छ । गीतको शब्द पदम साधना कुलुङ र विजय मगरले लेखेका हुन् भने सङ्गीत/सङ्कलन विजय मगरले नै गरेका हुन् ।

पदम राई र सङ्गीता मस्राङ्गी मगरले गाएको गीतमा एरेञ्ज, मिक्सिङ र मास्टरिङको काम देवेश राईले गरेका छन् । गीत माहोल स्टूडिओमा रेकर्डिङ्ग गरिएको हो ।

गीतको भिडिओमा याङसाङ मुकारुङ, पुनम थापामागर, सुमीन गुरुङ र रेश्मा खजुम मुख्य रूपमा फिचर्ड छन् ।

भिडिओ निर्देशनको काम विजय मगरले नै गरेका हुन् भने दिनेश माङ्मुको कोरियोग्राफी छ । यस्तै इडिट र कलरिङको काम अर्जुन खड्काले गरेका छन् । पोस्ड प्रोडक्सन दामी क्रिएसनले गरेको हो ।

गीत फरक तवरले बनाउने कोसिस गरेको निर्माण टोलीले बताएको छ । त्यसो त गीतले राई र मगर समुदायलाई जोड्न खोजेको देखिन्छ । राई समुदायको साकेला र मगर समुदायको हुर्रा भाकामार्फत राई समुदायको मौलिक शब्द ‘सेवा’ र मगर समुदायको ‘झोर्ले’ लाई गीतमा अटाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved