खच्चर अड्किएको पुल सिल गरियो, आवतजावत बन्द, विकट गाउँमा नुनतेल पुर्‍याउन कठिन

भाटगाउँ, दानकोट, भानकोट, बुढागाउँ, कालेकाँडा, राँकु, कोसेडी लगाएतका गाउँमा नुन तेल, खाद्यान्न तथा विकास निर्माणका सामग्रीहरू यही झोलुङ्गे पुलबाटै खच्चरबाट ढुवानी हुँदै आएको थियो ।

नेपालभ्युज

खच्चर अड्किएको पुल सिल गरियो, आवतजावत बन्द, विकट गाउँमा नुनतेल पुर्‍याउन कठिन

काठमाडौं ।  कर्णाली नदीको झोलुङ्गे पुलको लट्ठा चुँडिँदा पुलमै फसेका १३ खच्चरको उद्धार गरिएको ठाउँमा अहिले अछाम र दैलेख जिल्लाबीच ओहोरदोहोरमा समस्या परेको छ ।

११ खच्चरको जिवितैउद्धार गरिएको पुल अहिले सिल गरिएकोले स्थानीय बासिन्दाहरू सरसामान कसरी ल्याउने र ओहोरदोहोर कसरी गर्ने भन्नेमै पिरोलिएका छन् ।

आइतबार उद्धारको क्रममा २ वटा खच्चर मरेका छन् । ती खच्चड आइतबार बिहान अछामको पञ्चदेवल विनायक नगरपालिका–९ बाट दैलेखको आठबिस नगरपालिका–४ खिड्कीज्युला बजारमा खाद्यान्नका भारी बोकेर आउने क्रममा थिए ।

झोलुङ्गे पुलको एउटा लट्ठा चुँडिएर पुल कोल्टिएपछि खच्चड बीच पुलमै फसेका थिए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीयले जालीमा अड्किएका खच्चडलाई जाली काटेर नदीमा खसालेको जिल्ला प्रहरी प्रमुख डीएसपी सुनिल दाहालले बताए ।

पुलमा खच्चर हिँड्न थालेपछि एकतर्फका लठ्ठा चुँडिदा खच्चरहरू बीचमा फस्न पुगे ।

झोलुङ्गे पुल चुँडिएपछि अहिले अछाम र दैलेख जिल्लाबीच ओहोरदोहोरमा समस्या परेको छ । झोलुङ्गे पुल चुँडिएपछि अछामको पञ्चदेवल विनायक नगरपालिका–९ का स्थानीय बासिन्दाहरू सरसामान कसरी ल्याउने र ओहोरदोहोर कसरी गर्ने भन्नेमै पिरोलिएका छन् । यो पुल झन्डै २२ वर्ष पुरानो हो ।

यो पुलबाट ओहोरदोहोर गर्ने पञ्चदेवल विनायक नगरपालिका ८ र ९ का विभिन्न गाउँहरू निकै विकट छ । यी गाउँका स्थानीयहरूको खाद्यान्न, लत्ताकपडा किन्ने नजिकको बजार भनेको पनि दैलेखकै खिड्कीज्युँला हो ।

पञ्चदेवल विनायक नगरपालिका–९ का वडाध्यक्ष रामप्रसाद जैसीका अनुसार भाटगाउँ, दानकोट, भानकोट, बुढागाउँ, कालेकाँडा, राँकु, कोसेडी लगाएतका गाउँमा नुन तेल, खाद्यान्न तथा विकास निर्माणका सामग्रीहरू यही झोलुङ्गे पुलबाटै खच्चरबाट ढुवानी हुँदै आएको थियो ।

जीर्ण अवस्थामा पुगेको झोलुङ्गे पुल एक्कासि चुँडिएपछि आवतजावतमा समस्या परेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved