टि- २० विश्वकपमा उच्च मनोबलका साथ सहभागी हुन नेपाली टिमलाई राष्ट्रपतिको शुभकामना

नेपालभ्युज

टि- २० विश्वकपमा उच्च मनोबलका साथ सहभागी हुन नेपाली टिमलाई राष्ट्रपतिको शुभकामना
फाइल फोटो

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पाैडेलले टि- २० विश्वकप  क्रिकेट खेल्न अमेरिका पुगेको नेपाली टिमलाई उच्च मनोबलका साथ  सहभागी हुन शुभकामना दिएका छन् ।

राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय टिमका प्रतिनिधि मण्डलका सदस्यलाई टेलिफाेन गरेर उच्च मनोबलका साथ प्रतियाेगितामा सहभागी हुन शुभकामना दिएका हुन् ।

उनले सम्पूर्ण नेपाली साथमा रहेको भन्दै उच्च मनोबलका साथ मैदानमा उत्रिएर सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

उनले नेपालले खेल्ने खेल सम्पूर्ण नेपाली विश्वभर जहाँ भएपनि हेरेर नेपाली टाेलीकाे हौसला बढाउने पनि विश्वास व्यक्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved