डिशहोम फाइबरनेटले इन्टरनेट र डीटीएच (टीभी)ग्राहकका लागि ल्यायो विशेष अफर

नेपालभ्युज

डिशहोम फाइबरनेटले इन्टरनेट र डीटीएच (टीभी)ग्राहकका लागि ल्यायो विशेष अफर

काठमाडौं । डिशहोम फाइबरनेटले आफ्नो विशेष ‘स्मार्ट अफर’ सार्वजनिक गरेको छ । ग्राहकको सन्तुष्टि अभिवृद्धि गर्न र राम्रो मूल्य प्रदान गर्न यो अफर ल्याएको कम्पनीको भनाई छ ।

यसले इन्टरनेट र डीटीएच टिभी सेवाहरूमा विभिन्न उपभोक्ता उत्पादनहरूमा उल्लेखनीय छुटहरू प्रदान गर्दैछ ।

अफरका बिशेषताः 

– ग्राहकहरूले अब नयाँ इन्टरनेट र डीटीएच जडान वा नवीकरणमा विशेष अफरको मज्जा लिन सक्नेछन् ।
– ३३५० रुपैयाँ पर्ने मिभी डुओपोड्स के६ एअरबड्स  ग्राहकले मात्र १६४९ रुपैयाँमा पाउन सक्नेछन् ।

– त्यस्तै ९९९९ पर्ने फायर– बोल्ट ग्लेडिएटर स्मार्टवाच मात्र २९९९ रुपैयाँमा लिन सक्नेछन् ।
– डिजिटल होम इन्टरनेशनल (डीएचआई)बाट साना देखि ठुला होम अप्लायनसेजमा विशेष छुट लिन सक्नेछन् ।

कसरी प्राप्त गर्ने ?

– एअरबड्स र स्मार्टवाच लिनको लागि न्यूनतम ६ महिना प्याकेजको साथ नयाँ डिशहोम फाइबरनेट वा डीटीएच कनेक्सन जडान गरेको हुनुपर्नेछ । अथवा आफूले चलाइरहेको डिशहोम फाइबरनेट वा डीटीएच कनेक्सको प्याकेज कम्तीमा ६ महिनाको लागि रिचार्ज गर्नुपर्नेछ ।

– होम अप्लायनसेजमा भारी छुट लिनको लागि भने ग्राहकले १२ महिनाको इन्टरनेट वा डीटीएच नयाँ जडान वा रिचार्ज गरेको भएदेखि सबै डीएचआई प्रोडक्टहरुमा १८ प्रतिशत छुट पाउन सकिन्छ । त्यस्तै २४ महिने इन्टरनेट प्याकेज नयाँ जडान वा रिचार्ज गर्दा भने २४ प्रतिशत छुट पाइने छ ।

यो विशेष अफरले डिशहोमका ग्राहकहरूका लागि मनोरञ्जन अनुभवलाई अपग्रेड मात्र नगरी अत्यावश्यक घरेलु उपकरणहरूमा पनि पर्याप्त बचत प्रदान गर्नेछ भन्दै कम्पनीले सीमित समयको अफरको फाइदा लिन आग्रह गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved