वैदेशिक रोजगारीबाट फर्किनेका लागि रिटर्नी उद्यमशीलता कार्यक्रम सञ्चालन गरिने 

नेपालभ्युज

वैदेशिक रोजगारीबाट फर्किनेका लागि रिटर्नी उद्यमशीलता कार्यक्रम सञ्चालन गरिने 

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किनेका लागि नेपाल सरकारले रिटर्नी उद्यमशीलता कार्यक्रम सञ्चालन गर्ने भएको छ । मंगलबार आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले वैदेशिक रोजगारीबाट फर्कनेहरूका लागि सो कार्यक्रम ल्याइने बताएका हुन् ।

उनले रिटर्नीहरुको क्षमता, दक्षता र सीपको सदुपयोग गर्दै कम्तीमा एक लाख रिटर्नीलाई स्वरोजगारी बनाइने बताए । साथै, वैदेशिक रोजगारीमा जानेहरूलाई दिइने तालिम निःशुल्क बनाइने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved