कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपालभ्युज

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले आज संसदीय दलको बैठक बोलाएको छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने छ ।

संसद अवरोध गर्दै आएको कांग्रेसले आजको संसद बैठकमा पार्टीको नया भूमिका तय गर्न संसदीय दलको बैठक बोलाएको हो ।

दलीय सहमति अनुसार कांग्रेसले आजदेखि सदन अवरोध नगर्ने तयारी गरेको छ ।

सहकारी ठगीको छानबिनका लागि संसदीय समिति र त्यसको कार्यादेशबारे दलहरूबीच लगभग सहमति भइसकेको अवस्थामा बस्न लागेको बैठकले अबको नयाँ रणनीति तय गर्ने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । सरकारले आज ल्याउन लागेको बजेटबारे पनि छलफल हुने लेखकले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved