संसदीय छानबिन समितिको ‘टीओआर’ बनाउन सिंहदरवारमा कार्यदलको बैठक

नेपालभ्युज

संसदीय छानबिन समितिको ‘टीओआर’ बनाउन सिंहदरवारमा कार्यदलको बैठक
फाइल फोटो

काठमाडौं । सहकारी प्रकरणका लागि गठन भएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बनाउने विषयमा कार्यदलको बैठक बसिरहेको छ ।

कानुन मन्त्रालयमा टीओआर कार्यदलको जारी बैठकमा समितिले गर्ने छानवीनका सन्दर्भमा कार्यादेश बनाउने जिम्मा पाएको छ ।

सत्तापक्ष र प्रतिपक्ष दलहरूबीच संसदीय छानबिन समिति गठन गर्ने सहमति भएसँगै टीओआर निर्माणका लागि कार्यदल गठन भएको थियो ।

टीओआर बनाउने कार्यदलको नेतृत्व कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले गरेका छन् ।

कार्यदलको सदस्यमा रास्वपाका सांसद शिशिर खनाल, नेपाली कांग्रेसका सांसद जीवन परियार र नेकपा एमालेका महेश बर्तौला छन् ।

संसदीय छानबिन समिति बनाउने सहमतिसँगै आजदेखि संसद् कार्यसूचीमा प्रवेश गर्ने अपेक्षा गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved