अज्ञात समूहले गर्‍यो ट्रकमा आगजनी

आगजनीबाट ट्रक पूर्णरुपमा क्षतिग्रस्त बनेको छ। आगजनीमा राजमार्ग अवरुद्धको घोषणा गरेका जनमत पार्टीकै कार्यकर्ताको संलग्नता रहेको हुनसक्ने प्रहरीको अनुमान छ।

नेपालभ्युज

अज्ञात समूहले गर्‍यो ट्रकमा आगजनी

जनकपुरधाम। पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैयामा आज बिहान एउटा ट्रकमा आगजनी भएको छ।

बतहा खोलाको पुलमै ना ४ ख १००९ नम्बरको ट्रकमा अज्ञात समूहले बिहान करीब पौने ६ बजे आगजनी गरेको हो।

आगजनीबाट ट्रक पूर्णरुपमा क्षतिग्रस्त बनेको छ। आगजनीमा राजमार्ग अवरुद्धको घोषणा गरेका जनमत पार्टीकै कार्यकर्ताको संलग्नता रहेको हुनसक्ने प्रहरीको अनुमान छ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी हरि ओलीले अज्ञात समूहले चालकलाई कुटपिट गरी ट्रकमा आगजनी गरेको जानकारी दिए। उनका अनुसार घाइते चालकको अहिले उपचार भइरहको छ।

जनमत पार्टीका कार्यकर्ताले यसअघि पनि सप्तरी र सिरहामा एक एक वटा ट्रकमा आगजनी गरिसकेका छन्।

धनुषाको पोर्ताहामा प्रहरीले हिजो आन्दोलनकारीमाथि गोली चलाएपछि उनीहरुले सशक्त आन्दोलन गर्ने बताएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved