काठमाडौं । सत्ता गठबन्धनसँग असन्तुष्ट रहदै आएको नेकपा एकीकृत समाजवादीले स्थायी कमिटीको बैठक बोलाएको छ । बैठक आगामी २६ गते बस्ने बताइएको छ ।
महाधिवेशनको तयारी, पार्टी संठन तथा जनवर्गीय संठनका कार्य प्रगतिबारे छलफल गर्न बैठक बोलाइएको सो पार्टीले जनाएको छ ।
पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर महाधिवेशन प्रतिनिधि छनोट कार्यविधिबारे छलफल गरिने बताए ।
त्यस्तै सरकारको काम कारबाहीको समीक्षा पनि बैठकमा गरिने नेता आलोक रायमाझीले बताए ।
एकीकृत समाजवादीले आगामी असार १६ देखि २० सम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्न लागेको उक्त पार्टीले यही वैशाख १५ भित्र सम्बन्धित सदस्यको शुल्कसहितको नवीकरण कागजात, नामावली विवरण केन्द्रमा पठाउन सबै कमिटी, विभाग, फाँटलाई निर्देशन दिइसकेको छ ।
Facebook Comment
Comment