काठमाडौं । आगामी टी–२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव टंकलाल घिसिङले नयाँ जर्सी सार्वजनिक गरेका हुन् ।
जर्सीको सबैभन्दा तल गैंडा र सगरमाथा छ । जर्सीमा रंग रातो, हल्का मधुरो र सेतो प्रयोग गरिएको छ ।
बीचमा अंग्रेजी अक्षरमा नेपाल लेखिएको छ । जर्सीको बीचको भागको रंग निलो छ ।
बायाँतर्फ क्यान र दायाँतर्फ टी–२० विश्वकपको लोगो छ । कलरमा रातो रंग छ । दुवै भागतर्फ बाउलामा राष्ट्रिय झण्डा छ ।
पछाडिको अधिकांश भाग निलो रंगमा छ । जर्सी नम्बरमाथि खेलाडीको नाम छ । तल्लोभागमा सगरमाथा नै छ ।
आगामी जेठमा अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकपमा नेपाल समूह डीमा परेको छ, जसमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्डस् पनि छन् ।
Facebook Comment
Comment