काठमाडौं । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा फागूपुर्णिमाको राति भएको घटनामा फरार एक आरोपितले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
दुई समूहबीच चक्कु हानाहान हुँदा २ जनाको हत्या भएको थियो । सो घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ ।
सार्वजनिक गरिएकोमा खाजा घर सञ्चालक खोटाङ साकेला गाउँपालिका–२ का विजय राई र सोही ठाउँका सुलभ राई, भोजपुर ट्याम्केमयुङ–२ का विशाल हाङ मुकारुङ र काठमाडौं गोकर्णेश्वरका छेङविहाङ राई छन् ।
घटनामा तेह्रथुमका राजु गुरुङ भने फरार थिए । मंगलबार उनले जिल्ला प्रहरी परिसर ललितपुरमा आत्मसपर्मण गरेका एसएसपी शेखर खनालले जानकारी दिए ।
पक्राउ परेकाहरूलाई ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएर अनुसन्धान भइरहेको छ ।
होलीको रात खाजा खान ढोलाहिटीको डी पोपिना खाजाघरमा पुगेर मदिरा सेवन गरेका युवाबीच चक्कु हानाहान हुँदा २ जनाको हत्या भएको थियो ।
Facebook Comment
Comment