हेटौंडा । नयाँ गठबन्धन बनेसँगै प्रदेशहरुमा मन्त्री हेरफेर भइरहेको छ । यसैक्रममा बागमती प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ ।
एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला मन्त्री बनेका छन् । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले शनिबार उनलाई शपथ दिलाएका छन् ।
यसअघि पनि जम्मकट्टेल मन्त्रिपरिषदमा आर्थिक मामिला मन्त्री बनिसकेका थपलिया समीकरण फेरिएपछि बाहिरिएका थिए ।
चितवनका थपलिया बागमती प्रदेशसभाको पहिलो कार्यकालमा पूर्वमुख्यमन्त्री डोरमणि पौडेलका प्रमुख राजनीतिक सल्लाहकार थिए ।
मुख्यमन्त्री जम्मकट्टेलले यसअघि बिहीबार हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्री बनाएका थिए ।
उनले आगामी सोमबार विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत पाएपछि मन्त्रिपरिषद विस्तार गर्ने उनको योजना छ ।
Facebook Comment
Comment