काठमाडौं। मिलिनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतेमा जेड सुमारले प्रमुख प्रतिपक्षी दल नेकपा अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेकी छन्।
दिउँसो २ बजे ओलीकै निवास भक्तपुरको बालकोटमा दुईबीच भेटवार्ता भएको हो। भेटघाटमा भएका विषय र कुराकानीबारे खुलाइएको छैन।
ओलीसँग भेटपछि सुमारले प्रधानमन्त्री शेरबहादुर देउवासहित अन्य राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ। आजै साँझ उनले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र सोही पार्टीका अध्यक्ष उपेन्द्र यादव भेट्ने कार्यक्रम तय भएको जनाइएको छ।
एमसीसी अनुदान सम्झौतामाथि नेपालले स्पष्ट धारणा बनाउन नसक्दा र दलीय गठबन्धनबीच सहमति नबढ्दा यसमा समर्थन जुटाउन सुमार काठमाडौं आएकी हुन्। उनी आज बिहान नेपाल आइपुगेकी हुन्।

Facebook Comment
Comment