एमसीसी उपाध्यक्ष सुमार र केपी ओलीबीच भेटवार्ता

एमसीसी उपाध्यक्ष सुमार र केपी ओलीबीच भेटवार्ता
नेपाल भ्रमणका क्रममा प्नधानमन्त्री शेरबहादुर देउवासँग भेट्दै एमसीसी उपाध्यक्ष फातेमा सुमार। फाइल तस्वीर

काठमाडौं। मिलिनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतेमा जेड सुमारले प्रमुख प्रतिपक्षी दल नेकपा अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेकी छन्।

दिउँसो २ बजे ओलीकै निवास भक्तपुरको बालकोटमा दुईबीच भेटवार्ता भएको हो। भेटघाटमा भएका विषय र कुराकानीबारे खुलाइएको छैन।

ओलीसँग भेटपछि सुमारले प्रधानमन्त्री शेरबहादुर देउवासहित अन्य राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ। आजै साँझ उनले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र सोही पार्टीका अध्यक्ष उपेन्द्र यादव भेट्ने कार्यक्रम तय भएको जनाइएको छ।

एमसीसी अनुदान सम्झौतामाथि नेपालले स्पष्ट धारणा बनाउन नसक्दा र दलीय गठबन्धनबीच सहमति नबढ्दा यसमा समर्थन जुटाउन सुमार काठमाडौं आएकी हुन्। उनी आज बिहान नेपाल आइपुगेकी हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved