माओवादीको विधान अधिवेशन सकिएलगतै नेताहरू बिरामी, टाउको दुख्ने र पखाला चल्ने समस्या

बिरामीको कारण त्यहाँको खानपान हो वा कुनै सरुवा रोग हो भन्ने खुलेको छैन । नेतृ बलावती शर्माले आफूलाई घाँटी र टाउको दुख्ने र पखाला लाग्ने समस्या भएको बताएकी छिन् ।

नेपालभ्युज

माओवादीको विधान अधिवेशन सकिएलगतै नेताहरू बिरामी, टाउको दुख्ने र पखाला चल्ने समस्या

काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान अधिवेशन सकिएलगतै नेताहरू बिरामी पर्न थालेका छन् ।

मंगलबारदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरू अधिवेशन बिहीबार सकिएलगतै नेताहरू बिरामी हुन थालेका हुन् ।

बिरामीको कारण त्यहाँको खानपान हो वा कुनै सरुवा रोग हो भन्ने खुलेको छैन । नेतृ बलावती शर्माले आफूलाई घाँटी र टाउको दुख्ने र पखाला लाग्ने समस्या भएको बताएकी छिन् ।

उनले फेसबुकमा लेखेकी छिन्, ‘विधान अधिवेशन प्रज्ञा भवनमा समापनसँगै सुरू भयो त घाँटी दुख्ने टाउको दुख्ने र सँगसँगै पखाला पनि अरू कसैलाई पनि यस्तो केही भयो की ?’

उनको यो पोस्टको कमेन्टमा केहीले अरुलाई पनि यस्तो समस्या देखिएको लेखेका छन् । कतिपयले खानपानको कारण यस्तो भएको हुनसक्ने बताएका छन् ।

माओवादीको विधान अधिवेशनले प्रतिस्पर्धात्मक विधिबाट केन्द्रीय समिति चयन गर्ने प्रावधान राखेर विधान पारित गरेको थियो । अधिवेशन बिहीबार सकिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved