आईसीसी क्रिकेट विश्वकप लिग – २ मा नेपाल आज नामिबियासँग खेल्दै

नेपालभ्युज

आईसीसी क्रिकेट विश्वकप लिग – २ मा नेपाल आज नामिबियासँग खेल्दै

काठमाडौं । नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक लिग–२ को श्रृंखला आजदेखि शुरु हुँदैछ ।

नेपालले आज पहिलो खेल नामिबियासँग खेल्नेछ । खेल त्रिवि मैदान किर्तिपुरमा बिहान सवा ९ बजे हुनेछ । पर्सी शनिवार भने नेपालको खेल नेदरल्यान्ड्ससँग हुनेछ । नेपालले ९ गते फेरि नामिबियासँग र १३ गते नेदरल्यान्ड्ससँग खेल्ने छ । सबै खेल कीर्तिपुर मैदानमा हुने छन् ।

यसअघि क्यानडासँग भएको एकदिवसीय श्रृंखलामा राम्रो प्रदर्शन गरेको भन्दै अनिल शाह र भीम सार्कीलाई आईसीसी लिग–२ को टोलीमा समेटिएको छ ।

लिग–२ को खेलमा कप्तान रोहित पौडेलसहित आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ समेटिएका छन् ।

कप्तान रोहितले प्रतिद्धन्दीलाई हेरेरभन्दा पनि आफ्नो प्रदर्शनलाई राम्रो बनाउनपर्ने बताए।  ‘प्रतिद्धन्दीलाई हेरेर खेल्दा मलाई राम्रो लाग्दैन। प्रतिद्धन्दीलाई हेरेरभन्दा पनि आफुले राम्रो क्रिकेट खेल्यो भने जुन सुकै प्रतिद्धन्दीलाई हराउन सक्छ जस्तो लाग्छ’ उनले भने, ‘पछिल्लो प्रदर्शन भन्दा राम्रो क्रिकेट खेल्ने नै हाम्रो लक्ष्य हुनु पर्दछ। त्यसो गरेमा जुनसुकै खेलाडीलाई हराउन सकिने छ।’

यसअघि क्यानडासँगको तेस्रो एकदिवसीय क्रिकेट नेपालले जितेको थियो । तीन खेलको श्रृंखला नेपालले क्लिन स्वीप गरेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved