युवती मृत्यु प्रकरण : प्रेमी पक्राउ

नेपालभ्युज

युवती मृत्यु प्रकरण :  प्रेमी पक्राउ
सांकेतिक तस्वीर ।

काठमाडौं । शनिबार अपराह्न काठमाडौं-९ विजयचोकमा रहेको ‘सिराहा धनुषा होटल एन्ड लज’ होटलमा मृत फेला परेकी प्रमिला दमाईको प्रेमी पक्राउ परेका छन् ।

रामेछापको लिखु तामाकोसी घर भएकी उनी  शुक्रबार साँझ एक पुरुषसँग उक्त होटलमा आएको प्रहरीले जनाएको  छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीसँगै होटलमा पुगेका एक युवक आइतबार काठमाडौंबाट पक्राउ परेका हुन् ।

मृत भेटिएकी प्रमिलाको घाटिमा डोरीले कसेर हत्या गरिएको प्रहरीले बताएको छ। युवकले प्रमिलालाई मार्ने नियतले नै लजमा पुर्‍याएको प्रहरीको अनुमान रहेको छ।

हत्यापछि होटलको कोठामा बाहिरबाट साँचो लगाएर उनी भागेका थिए । कोठा दुई दिनसम्म नखुलेपछि होटल कर्मचारीले प्रहरीलाई खबर गरेपछि घटना बाहिरिएको थियो ।

मृतक प्रमिला र युवक दुवै विवाहित हुन्। प्रमिलाको एक सन्तान र श्रीमान् गौशालामै सँगै बस्दै आएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved