काठमाडौं। साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले मंगलबार भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
बंगलादेशको ढाकास्थित बीएसएसएसएमके स्टेडियममा नेपाल र भारत दिउँसो पौने ३ बजे आमने सामने हुनेछन्। नेपाल दोस्रो जित हासिल गर्ने योजनामा रहेको छ। भारत पनि आफ्नो दोस्रो जितको खोजीमा छ।
यसअघि भएको खेलमा नेपालले भुटानलाई १–० गोलले पराजित गरेको थियो। पहिलो खेलमा भने नेपाल घरेलु टोली बंगलादेशसँग ३–१ को गोलअन्तरमा पराजित भएको थियो।
प्रतियोगितामा नेपाल, भुटान, बंगलादेश र भारत सहभागी छन् । राउन्ड रोबिनका आधारमा शीर्ष २ स्थानमा रहने टोलीले फाइनल खेल्नेछ।
लगातार २ खेलमा जित हासिल गरेको बंगलादेश ६ अंकसहित शीर्ष स्थानमा छ। ३ अंक जोडेको भारत दोस्रो, ३ अंक भएको नेपाल तेस्रो र अंकविहीन भुटान चौथो स्थानमा छ। फाइनलमा स्थान बनाउने सम्भावना कायम राख्न नेपाललाई भारतविरूद्ध जित आवश्यक हुनेछ ।
Facebook Comment
Comment