डडेल्धुरामा सासु बुहारी सुतेकै अवस्थामा मृत भेटिए

नेपालभ्युज

डडेल्धुरामा सासु बुहारी सुतेकै अवस्थामा मृत भेटिए

काठमाडौं । डडेल्धुरामा सुतेकै अवस्थामा सासुबुहारीको मृत्यु भएको छ । अमरगढी नगरपालिका– १ मालमकी ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियालको सुतेकै अवस्थामा मृत्यु भएको हो ।

उनीहरुको निस्सासिएर मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । सोमबार बिहान बेहोस भेटिएका उनीहरूलाई डडेल्धुरा अस्पताल लगिएको थियो । अचेत अवस्थामा  पुर्‍याइएका दुवै जनालाई अस्पतालले मृत घोषणा गरेको थियो ।

कोठामा आगो बालेर झ्याल–ढोका बन्द गरी सुतेकाले निस्सासिएर मृत्यु भएको प्रहरीको अनुमान छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved