डेढ दशकपछि ममताले बनाइन् यस्तो ‘सोलु सल्लेरी’ (भिडिओसहित)
नेपालभ्युज
सोलुखुम्बु । साहित्यकार टीका चाम्लिङले लेखेको ‘सोलु सल्लेरी’ बोलको गीत गायिका पार्वती राईले २०६३ सालमै रेकर्ड गराएकी हुन् । हिमाली जिल्ला सोलुखुम्बुको विशेषताबारे बोल्ने यो गीतको आधिकारिक गीति भिडिओ भने बनेको थिएन ।
तर, १७ वर्षपछि कोरियोग्राफर ममता थुलुङ राईले आफ्नै निर्देशनमा गीति भिडिओ तयार पारेकी छन् । जिल्लाको सदरमुकाम सल्लेरीलगायत विभिन्न स्थानहरूमा छायाङ्कन गरिएको भिडिओमा ममतासँगै अन्य २५ जना कलाकार फिचर्ड छन् । ममताकै कोरियोग्राफीमा तयार भएको गीति भिडिओलाई प्रवेश राईले छायाङ्कन एवम् सम्पादन गरेका हुन् ।
भिडिओमा सोलुखुम्बुको चिनारीका रूपमा रहेका हिमशृङ्खलालगायत विशेष स्थानहरू देखाउन प्रयास गरिएको ममता बताउँछिन् ।
भिडिओ बनेपछि गीतका सर्जकहरू टीका चाम्लिङ, पार्वती राई, शिलाबहादुर आलेलगायतले खुसी व्यक्त गरेका छन् ।
Facebook Comment
Comment