काठमाडौं । ‘यो सोझो पल्कियो’ गीतको म्यूजिक भिडिओ सार्वजनिक भएको छ ।
दि भोइस अफ नेपाल सिजन ३ का विजेता किरण गज्मेर र उषा गजुरेलको स्वरमा रहेको गीत उषा गजुरेल यूट्युबमार्फत सार्वजनिक गरिएको हो । भिडिओमा मोडलद्वय पल शाह र एरोना मल्ल फिचर्ड छन् ।
श्रीकृष्ण बम मल्लाको शब्दमा रहेको गीतमा सङ्गीत एरेञ्ज कृष्ण विश्वकर्मा (भान्जा) ले गरेका छन् । यस्तै मिक्सिङ्ग/मास्टरिङ्गको काम श्यामश्वेत रमाइलीले गरेका छन् भने गीतका रेकर्डिस्ट गोविन्द अनेक र कमल थापा हुन् ।
भिडिओमा निर्देशनको काम मनोज राजभण्डारीले गरेका छन् ।
यसअघि उषा गजुरेल यूट्युबमार्फत सार्वजनिक गरिएको ‘श्वास’ गीतका निर्मातासमेत रहिसकेका दीपेन्द्र राई तथा समाजसेवी कुमार खत्री निर्माता रहेको उक्त गीत ‘आधुनिक लोक’ प्याटर्नको रहेको छ । जसमा सुदूरपश्चिम क्षेत्रमा प्रयोग हुने शब्दावलीहरू समावेश छन् ।
Facebook Comment
Comment