काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दै छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिसमितिले दिउँसो १ बजे बैठक बोलाएको छ ।
समितिको सिंहदरबारमा बस्ने बैठकमा टेरामक्स र एनसेलको शेयर खरिद बिक्रीका विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग छलफल गर्ने कार्यसूची तय गरिएको छ ।
त्यस्तै, दिउँसो १ बजे नै विधायन व्यवस्थापन समितिले पनि बैठक बोलाएको छ । दिउसो बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा विधायन सम्बन्धी विधेयक, २०८० मा विज्ञसँग छलफल हुने कार्यसूची छ ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकले बिहान साढे १० बजे बैठक बोलाएको छ ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सञ्चालित हुलाकी लोकमार्ग, पुष्पलाल मार्ग, रेल्वे तथा मेट्रो विकास आयोजनाका विषयमा छलफल हुने छ । कालीगण्डकी कोरिडोर लोकमार्ग, कर्णाली लोकमार्ग आयोजनाको हालसम्मको प्रगति, समस्या र चुनौतीका विषयलाई कार्यसूचीमा राखिएको छ ।
Facebook Comment
Comment