क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ

नेपालभ्युज

क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको सुनुवाइले आज पनि निरन्तरता पाउने भएको छ । पुस ८ गतेदेखि निरन्तर सुनुवाइ जारी रहेको मुद्दाको बहस नसकिएपछि मुद्दाले आज पनि निरन्तरता पाएको हो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा तीन दिनयता सुनुवाइ जारी छ । प्रतिवादीतर्फबाट बहस सकिए मुद्दाको फैसला आजै हुने छ ।

यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved