काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा आज सन्दीप पक्षका वकिलले बहस गर्दै छन् । जाहेरवाला र सरकारी वकिलको बहस सकिएपछि हिजोबाट सन्दीप पक्षका वकिलले बहस सुरु गरेका हुन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासमा गत आइतबारबाट सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ सुरु भइरहेको छ ।
सरकारी वकिलबाट दुईजना र जाहेरवालाबाट आठजनाले बहस गरिसकेका छन् । सन्दीप पक्षका वकिलमध्ये मुरारी सापकोटाले मात्र बहस गरेका छन् ।
सापकोटाका अनुसार सन्दीपका पक्षबाट ६ जनाले बहस गर्दैछन् । सन्दीप पक्षका वकिलको बहसपछि जाहेरवाला र सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ । जवाफी बहस सकिएपछि न्यायाधीशले फैसला सुनाउनेछन् ।
सन्दीपका वकिलको बहस छोटो भएर जवाफी बहस सकिएमा आजै फैसला आउने अनुमान छ । यदि बहस लम्बिए फैसला भोलि हुने छ ।
Facebook Comment
Comment