सुन्तला धेरै खाँदा पनि हुन सक्छ नोक्सानी

नेपालभ्युज

सुन्तला धेरै खाँदा पनि हुन सक्छ नोक्सानी

एजेन्सी । जाडोको मौसमसँगै सुन्तला पनि बजारमा आइसकेको छ । सुन्तला मौसमी फल पनि भएकाले धेरै फाइदा छन् । तर, पनि यसलाई अत्यधिक खाँदा हानी हुन सक्छ । जसलाई ध्यान दिएर मात्र सुन्तलाको सेवन गर्नुहोस् ।

  • विशेषज्ञका अनुसार सुन्तला धेरै हदसम्म फाइदाजनक नै हुन्छ । तर, यसमा केही चिज हुन्छन् जसले शरीरलाई नोक्सान पनि पुर्‍याउन सक्छ ।
  • सुन्तलालाई खाली पेट खाँदा पेटमा एसिडको समस्या हुन सक्छ । यसबाहेक छाती जल्ने तथा मुड खराब हुने अनुभव हुन पनि सक्छ ।
  • धेरै सुन्तला खाँदा पेटमा दुखाई पनि हुन थाल्छ । जसले गर्दा पखाला लाग्न पनि सक्छ । धेरै सुन्तला खाँदा शरीरमा क्याल्सियमको कमी हुन थाल्छ, जसले गर्दा हड्डीसँग जोडिएको समस्या बढ्न सक्छ ।
  • बिहान खाली पेट सुन्तलाको जुस पिउँदा रगतमा चिनीको मात्रा बढ्छ । यदि तपाईं मधुमेहको बिरामी हुनुहुन्छ भने सुन्तलाको जुस नपिउनुहोस् ।
  • त्यस्तै सुन्तलाको अत्यधिक सेवनले तौल बढ्ने समस्या पनि हुन सक्छ । सुन्तलामा पाइने कार्बोहाइड्रेटले शरीरको तौल बढाउन सहयोग गर्दछ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved