केपी ओली कप क्रिकेटमा सुदूरपश्चिममाथि मधेसको सहज जित

नेपालभ्युज

केपी ओली कप क्रिकेटमा सुदूरपश्चिममाथि मधेसको सहज जित

काठमाडौं। केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा मधेसले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ।

पोखरा रंगशालामा सोमबार भएको खेलमा मधेसले सुदूरपश्चिमलाई ८ विकेटले पराजित गरेको हो। ५९ रनको झिनो लक्ष्य मधेसले ४.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो। मधेसको लागि अनिल साहले २५ रन बनाउँदा इम्रान शेख १७ र पवन सर्राफ १४ रनमा अविजित रहे। कप्तान हरिशंकर शाह भने डगआउट भए। सुदूरपश्चिमको लागि गजेन्द्र बोहोराले २ विकेट लिए।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १५.५ ओभरमा ५८ रनमा अलआउट भयो। सुदूरपश्चिमको लागि नरेन साउदले १८ तथा भोज राज भट्ट र किरण थगुन्नाले १०–१० रन बनाए। मधेशको लागि भने हरिशंकरण शाहले ४, रुपेश सिंहले ३ तथा विशाल सुस्लिङ, प्रदिप पवन, र विशाल पटेलले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved